Rule 124
शैक्षिक भत्ता तथा सन्तति वृत्ति
(१) नियम ११६ मा लेखिएको कारणबाट कुनै शिक्षकको मृत्यु भएमा वा त्यसको कारणले निको नहुँदै पछि मृत्यु भएमा त्यस्तो शिक्षकको दुई जनासम्म सन्ततिलाई अठार वर्षको उमेर नपुगुञ्जेलसम्म देहायका दरले वार्षिक शैक्षिक भत्ता दिइनेछः–
(क) माध्यमिक तहमा अध्ययन गर्ने शिक्षकको प्रत्येक सन्ततिलाई नौ सय रुपैयाँ,
(ख) निम्न माध्यमिक र प्राथमिक तहमा अध्ययन गर्ने शिक्षकको प्रत्येक सन्ततिलाई सातसय रुपैयाँ ।
(२) नियम ११६ मा लेखिएको कारणबाट मृत्यु भएको शिक्षकको दुई जनासम्म सन्ततिलाई अठार वर्षको उमेर नपुगुञ्जेल उपनियम (१) बमोजिमको शैक्षिक भत्ताको अतिरिक्त देहायका दरले मासिक सन्तति वृत्ति समेत दिइनेछः–
शिक्षक                                                       शुरु तलवको प्रतिशत
(क) माध्यमिक तहको                                      प्रथम श्रेणी ८
(ख) माध्यमिक तहको                                     द्वितीय र तृतीय श्रेणी १०
(ग) अन्य                                                         १२